आन्दोलनका क्रममा ने.वि.संघका कार्यकर्ता पक्राउ, ने.वि.संघद्धारा अविलम्ब रिहाईको माग

कोहलपुर, भदौ १,

नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस एकाई समिति, नेपालगञ्जले पक्राउ गरिएको आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै पे्रस विज्ञप्ती जारी गरेको छ ।

त्रिभुवन विश्व विद्यालयको शैक्षिक सुधार र विद्यार्थी हकहितका सम्बन्धमा उठाईएका जायज माहरुलाई लिएर गरिएको आन्दोलनमा राज्यले गरेको दमन, धरपकड र गिरफ्तारी प्रति आफ्नो गम्भिर ध्यानाकर्षण गरेको जनाएको छ । कोरोनाका कारण देश आक्रान्त भईरहेको परिस्थितिमा जायज माहरुका निम्ति उठेका आवाजहरु द्यबाउन सरकार र विश्वविद्यालयका पदाधिकारी लागि परेको घटनाले चिन्तित लुल्याएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्रि.वि. मा अवैधानिक नियुक्ति र निरंकुशतापूर्वक विश्वविद्यालयमा थुपार्ने कुराको विरोध गर्दा आफ्ना कार्यकर्ता पक्राउ गरिएको ने.वि.सघंले दावी गरेको छ । पक्राउ गरेका कार्यकर्तालाई अविलम्ब रिहाइ गर्न र प्राज्ञिक वातावरण निर्माण गर्न जोडदार माग गरेको छ । आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । पक्राउ पारिएका कार्यकर्ता रिहाई नभएसम्म महेन्द्र बहुमुखी क्याम्पसको क्याम्पस प्रशासनमा तालाबन्दी गरेको सभापति चन्द्रप्रकाश देवकोटाद्धारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख गरिएको छ । आन्दोलनका क्राममा सोमबार ने.वि.सघंका केही कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *