देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

१३ पौष, २०७४
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेसको बैठक निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो ।

भोलि बिहान ८ बजे बालुवाटारमा बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले बताए ।

बैठकमा प्रदेशका समानुपातिक सदस्य चयनका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *