चर्चामा अम्बिकाको तीज गीत

कोहलपुर, साउन २८,

गायिका एवं साहित्यकार अम्बिका भण्डारीको ‘उही वनपाखामा’ भन्ने बोलको तीज गीतको भिडियो यतिबेला चर्चामा रहेको छ ।

गायिका भण्डारीकै शब्द, लय, स्वर र निर्देशनमा सो गीतको म्यूजिक भिडियो केहि समयअघि सार्वजनिक भएको थियो । नमस्ते पोखराको युट्यब च्यानलमार्फत सार्वजनिक भएको म्यूजिक भिडियोका निर्माता गायिका भण्डारीका श्रीमान् गोपाल भण्डारी रहेका छन् ।

नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज जुजु गुरुङ र गायक तथा रेकर्डिप्ट साहिलले गरेका हुन् । भिडियो निर्माण भने शिवम् डिजिटल स्टुडियोले गरेको हो ।

म्यूजिक भिडियोमा करुणा भण्डारी, सरिता सुवेदी र ज्योती सुवेदी, प्रमिला तुलाचन, बुद्धि खनाल, विमल अधिकारी, भावना पन्त, उर्मिला पौडेल र कमल भण्डारी लगायतको नृत्य तथा अभिनय रहेको छ ।

सासुबुहारीको कटाक्षलाई मुख्य केन्द्रविन्दुका रुपमा गीतमा देखाइएको छ ।

गायिका भण्डारीका हालसम्म आधा दर्जनभन्दा बढि तीज गीत एल्वम र साहित्य सम्बन्धि पुस्तक प्रकाशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *