मालती मंगलेका नायक हरिबहादुर थापा सम्मानित

१३ पौष, २०७४
कोलोराडो : अमेरिकाको कोलोराडोमा २३ डिसेम्बरमा मालती मंगलेका नायक तथा वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ । अमेरिका पुगेको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मी, अभिनेता, निर्देशक तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो ।

कार्यक्रममा प्राज्ञ हरिबहादुर थापाद्वारा अभिनित दश वटा नाटकको संक्षिप्त श्रव्य दृश्यका झलकहरु समेटिएका दश पाईला प्रदर्शन गरिएको थियो । गीती नाटक मालती मंगले, शकुन्तला, अमरसिंह, देउकी, पहाड चिच्याई रहेछ, पृथ्वीनारायण शाहलगायत चर्चित नाटकहरुमा थापाले देउकीको बाबुदेखि पृथ्वी नारायण शाहसम्मको भूमिकामा तत्कालिन समाजको चरित्र झल्किने गरि सफलतापूर्वक अभिनय गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल र उपाध्यक्ष मीना पौडेलले उनलाई फूलको माला लगाई दिई सम्मान पत्र प्रदान गरेका थिए ।

पाँच वर्षको उमेरदेखि बाल कलाकारको रुपमा रंगमञ्च प्रवेश गरेका प्राज्ञ थापाले नेपालको राजकीय प्रज्ञा प्रतिष्ठानदेखि अमेरिकाको न्यूयोर्कस्थित अफ द ब्रोड अवे थियटरमा समेत नाटक निर्देशन र अभिनय गरिसकेका छन् ।

समारोहमा उनले चर्चित नाटकहरु ‘फर्केर हेर्दा’ र ‘जोडियोस् भत्केका मनहरु’को केहि दृश्य अभिनय गरेर देखाएका थिए । अभिनन्दन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *