काबुलमा बम विस्फोट, कम्तीमा चारको मृत्यु, ६ घाइते

१३ पौष, २०७४
काबुल : अफगानिस्तानको राजधानी काबुलमा एउटा शिया सांस्कृतिक र धार्मिक संस्थालाई निशाना बनाउँदै गराइएको विस्फोटनमा कम्तीमा ४ जनाको मृत्यु भएको छ।

बिहीवार बिहान भएको विस्फोटनमा अन्य ६ जना घाइते भएका छन्। विद्यार्थीहरुको भीड जम्मा भएको समयमा उक्त विस्फोट भएको एक जना अफगानी अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

उनले आत्मघाती हमलाकारीले सो आक्रमण गराएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएका छैनन्।

तर हालैका महिनाहरुमा इस्लामिक स्टेट संगठनले काबुल र अन्य स्थानका शिया मस्जिद र केन्द्रहरुमा आक्रमण बढाएको छ।
अफगान राजधानीमा बिहीबार अर्को पनि विस्फोटनको घटना भएको बताइएको छ।

गएको अक्टोबरमा एउटा मस्जिदमा भएको हमलामा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *