कैलालीको जिल्ला शिक्षा कार्यालय नजिकै शंकास्पद वस्तु फेला

१३ पौष, २०७४
कैलाली : जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम धनगढीस्थित जिल्ला शिक्षा कार्यालय नजिकैको एक पसल अगाडि बिहीबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।

टिफिनमा प्लास्टिकले बेरेको र तार बाहिर झुण्डिएको अवस्थामा रहेको चिज बम हुनसक्ने आशंका गरिएको छ । त्यससँगै कालो प्लास्टिकको अर्को झोला पनि छ । अहिले प्रहरी सो स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

बम भएको आशंकामा स्थानीयबासी त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *