निरन्जना चन्द ‘निरु’का पाँच साइनो

साइनो–एक

तिमी सम्झिदैँ गर
म दिल उघार्दै जान्छु,
हुन्छ भेऊ दिलको छेऊ

साइनो–दुई

देखे चाँदमा दाग
भएकी भुलका कुरा,
आऊ गरौँ फूलका कुरा

साइनो–तीन

आमा टुहुरी भइन्
अभाव एकान्तले हो,
आशाहरु देहान्तले हो

साइनो–चार

बल्झिदैछन् बिस्तारै
अव्यक्त चाहानाहरु,
पछ्याउँछन् बहानाहरु

साइनो–पाँच

आक्रोशित छ आँत
नैतिकतामा खडेरी,
मर्यादामा आँधीबेहरी

निरन्जना चन्द ‘निरु’
बाँसगढी नगरपालिका–८, बर्दिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *