कालिकोटमा कसले बाजी मार्ला

काठमाण्डौं, ३० कार्तिक, मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कालिकोटबाट प्रतिनिधि सभाका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनले कर्णालीका पाका नेता दुर्गा रावतलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्तिको तालमेलबाट युवा नेता तथा तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाही उम्मेदवार बनेका छन् ।

स्थानीय निर्वाचनको मतपरिणाम अनुसार जिल्लामा नेकपा माओवादी पहिलो र नेकपा एमाले दोस्रो स्थानमा रहेको थियो । तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतको संरचना त्यस्तै रहने हो वा नरहने आँकलन गर्न नसकिने अवस्था रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *