गोल्डेन उद्भासका तीन गजल

गजल–एक

सात समुन्द्र तरेर गयौ तिमी बाटो खोज्दै
म आईपुगे खेतमा यो देशको माटो खोज्दै

छन् त थियो नि प्रतिक्षा लाहुरे छोराकै थियो
तर के गर्नु लास आईपुग्छ घर कात्रो खोज्दै

जवाफ दे ! आज मलाई ओई खाते जिन्दगी
तँ समाप्त हुने नै भईस् त आखिर चारो खोज्दै

यसरी नै जलाई राख आफूलाई प्रेममा तिमी ?
म आउँला प्रमिथस बनि कुनैदिन आगो खोज्दै

सजिलो त सजिलै हुन्छ हजुर जसले गरे नि भो ?
आदतवस आउनेछन् गोलुहरु गाह्रो खोज्दै

गजल–दुई

माथि चट्याङ बोकेर बसेको गगन रहेछ
तल पृथ्वीको पेटमा अति ज्वलन रहेछ

डोर्‍याउँदै लगेर मृत्युको मुखमा छोडिदिन्छ
मेरो आफ्नै जिन्दगी पनि त दुश्मन रहेछ

रुनलाई अनेक बहानाहरु उपलब्ध छन् यहाँ
हाँस्नु, मुस्कुराउनु पर्ने त अकारण रहेछ

हरेक क्षण आत्महत्या घटिरहन्छ पलपल
फगत नाम मात्रै यसको जीवन रहेछ

गजल–तीन

कोही फकिर, कोही अमीर बाँच्दासम्म
मान्छेलाई अनेकन पीर बाँच्दासम्म

मुस्कुराउ, रमाउ, गीत केही गुनगुनाउ
जे–जे छ यहाँ, छ आखिर बाँच्दासम्म

कैले माला लाईन्छ, कैले भाला दागिन्छ
भोग्दै जानुछ आ–आफ्नो तग्दिर बाँच्दासम्म

के भन्लान् भोलि सन्तानले मेरो पुस्तालाई
पेटको लागि झुकाईयो शिर बाँच्दासम्मरु

पीडाको स्थायी हल छ सुर्ता न ले ए ‘गोलु’
खडा रहने न हो यो शरीर बाँच्दासम्म

गोल्डेन उद्भास
बर्दिया हाल–जानकी गाउँपालिका–३, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *