बेगम थापा निश्चलका तीन मुक्तक

मुक्तक–एक

दाजुभाई नै बाँडिए गुटमा कसरी विकास हुन्छ ?
सबै मस्त छन् ब्रम्हलुटमा कसरी विकास हुन्छ ?
निल, आम्सट्रङ चन्द्रमामा पुगेर पृथ्वीमा झर्दा पनि,
हामीलाई विश्वास छ भुतमा कसरी विकास हुन्छ ?

मुक्तक–दुई

बाँच्नु पर्छ संसार चिन्न पाइन्छ
सोचेभन्दा जिन्दगी भिन्न पाइन्छ
विचरा ! गरिबहरु सोच्दा हुन् पैसा भैदिए,
भगवान् पनि मन्दिरमा किन्न पाइन्छ

मुक्तक–तीन

मनमा अनेक अनेक कुरा हुन्छन्
कति पुरा हुन्छन् कति अधुरा हुन्छन्
रातभरी देखेका मीठा सपनाहरु किन ?
विहानीको प्रहरसँगै टुहुरा हुन्छन्

बेगम थापा निश्चल
कोहलपुर, बाँके
हाल–काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *