तिर्थ समीरको चार गजल

गजल–एक

तिम्रो गलबन्दी जानेभो खेर, मर्न सकिँदैन
मेरो होचो झुप्रोमा झुन्डिएर मर्न सकिँदैन

मर्नुभन्दा पहिले मेरा आँखा फुटाईदिनु
नत्र तिमीलाई रोएको हेरेर मर्न सकिँदैन

यो बेकामे जीवन सम्झिन्छु मरौं मरौं लाग्छ
फेरि आमा मर्नुहुन्छ कि भनेर मर्न सकिँदैन

म त्यहि दिन मरेको हुँ जुन दिन तिमीले भन्यौ
यो शिरमा तिम्रो सिन्दूर हालेर मर्न सकिँदैन

गजल–२

चेहरा मात्र हेरेर तिम्रो मनले खुशी ठान्छ
मभित्र पीडाहरुको पनि एउटा दोकान छ

तिमी भन्छौ तिम्रै हातबाट अन्मिने मन छ
यार आफ्नै मृत्युमा आफै मलामको जान्छ रु

उस्कै घरमा लुटिदै छोरी उm चुप लागेर बस्यो
अब कसरी विश्वास गरौं मन्दिरमा भगवान् छ रु

म भोकलाई निल्छु हर साँझ आँसुमा मोलेर
छन त एउटा छोरो अमेरिका अर्को जापान छ

गजल–तीन

यस्तै थियो हिजो, यस्तै छ आज, बदलिएको छैन
निर्धाकै टाउकोमा टेक्ने समाज बदलिएको छैन

हजुर बदलिनु भयो हजुरको नजर बदलियो
म उहीँ नोकर हुँ महाराज बदलिएको छैन

काँधमै बसि गयो घाटमा दुःख दिने मान्छे पनि
लास हुँदा अनि उस्को कामकाज बदलिएको छैन

हरबखत तिम्रा यादहरु अवतरण गर्छ
मनको आकाशमा उड्ने जहाज बदलिएको छैन

गजल–चार

न मालिक बनें कहिल्यै तिम्रो न हलि बन्न पाएँ
मात्रै ती कोमल पैताला चुम्ने बार्दली बन्न पाएँ

तिमीले छातिमा प्वाल पारेर बाटोमा फालिदियौ
धन्य म पनि बाँसको टुक्रा थिए मुरली बन्न पाएँ

आज म काँटिदा पनि मलाई खुशी लागेको छ
कमसेकम तिम्रो छुरा राख्ने बगली बन्न पाएँ

भनिदेऊ लासमाथि खस्दा कस्तो अनुभव भयो रु
हिजो बहुत खुशी हुँदै भनेथ्यौ मखमली बन्न पाएँ

महङ्गो सामान बनेर आएथें पसलमा थन्किरहें
क्षणभरमै किनिएँ, बेचिएँ जब नक्कली बन्न पाएँ

तिर्थ समीर
पन्चपुरी नगरपालिका–१०, तातापानी, सुर्खेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *