धिरज स्मृतिपवनका ५ गजल

गजल–एक

केही हुँदैन फाइदा यहाँ प्रचार प्रसार के गर्नु
कुकुर बस्ने ठाउँमा घ्यू को ब्यापार के गर्नु

दुश्मन पनि चाहिन्छन् थोरै के भनेको थिएँ
गर्धनमा १ आफ्नै भाइले राख्यो तरबार के गर्नु

न बोल्छ, न सुन्छ, न बुझ्छ जनताको पीडा
छन् त हाम्रो पनि छ जनसरकार के गर्नु

अपराधी, नीति निमार्णमाथि बस्छ यो देशमा
अब त्यो अदालत के गर्नु, त्यो कारागार के गर्नु

उसका वचनले चिरेको मुटु हो, डाक्टर साहेब
फेरि चिरफार गरेर, यो मुटुको उपचार के गर्नु

गजल–दुई

गल्लीहरूमा पनि प्रचारप्रसार बन्द छ
भित्रभने हल्लाखला छ, बजार बन्द छ

बासँघारीमा किन खाग सडिरहेको छ
के त्यहाँ सङ्ग्रहालयको द्वार बन्द छ

बहिनी १ बेचिएर कोठिमा पुगेकी छिन्
कुन बाटो लगे होलान् भन्सार बन्द छ

आराम गर्दै होला कसाईको खुकुरी
यो बधशालामा पनि काटमार बन्द छ

मात्र आँखा बन्द छन् दृष्टि नहुनेहरुका
मन बन्द हुनेका लागि, संसार बन्द छ

गजल–तीन

घटना घटेको थियो, त्यहीँ ठाउँमा
उसले फूल ल्याएर दियो त्यहीँ ठाउँमा

घटनास्थल नै रहेछ, सिंहदरबार पनि
हिसाब छैन् कति मारियो, त्यहीँ ठाउँमा

आफैलाई जोगाउन गार्‍हो भएको बेला
जिन्दगीले संसार सम्झियो त्यहीँ ठाउँमा

तिम्रो मेरो मिलन पनि घटनास्थल भयो
जब एउटा फूल चुडियो त्यहीँ ठाउँमा

मन्दिर नजिकै दुर्घटनामा कसरी पर्छ र
दैव–चालक जिन्दगी यो त्यहीँ ठाउँमा

म केही समय अझै तड्पिरहने थिएँ
तिमीले छुदाँ सास सकियो, त्यहीँ ठाउँमा

गजल–चार

घाटमा मुर्दाहरु बिच य‍ो मन्जुरी आयो
‘अब सोझा बन्नुपर्छ पर यमपुरी आयो’

बेला–बेलामा हल्लिरहन्छ मेरो देश
बुद्धको छातीमा, को दगुरी आयो रु

सधैं रङ्गिनु रहेछ यो गर्धनलाई पनि
पहिला फूलमाला, पछि खुकुरी आयो

सपनामा हिमाल जलेको खबर सुनेँ
बिहान रुदाँरुदैँ खाडीमा कस्तुरी आयो

जिन्दगीले माथि एकै ठाउँ टेकेको बेला
भुइँमा दुई खुट्टा बिचमा पनि दुरी आयो

पवनलाई दखल पुर्याएको अभियोगमा
स्मृतिले जेल जानु पर्ने सुचना १ जरुरी आयो

गजल–पाँच

पुरानो तस्बिरमा नौलो कुरा भेटियो
बिधुवा आमाको हातमा चुरा भेटियो

यो युगले के मागिरहेको होला रु
स्कुले छोराको झोलामा छुरा भेटियो

देशको हालत सम्झेर हिडिरहेथेँ
सफरमा एउटा टुहुरा भेटियो

अब एक तमास हुनेछ यो समाजमा
छिमेकीको बारीमा मेरो कुखुरा भेटियो

सलाईले मात्रै कसरी जलुँ सोचिरहेथेँ
लगत्तै तिमीले हिर्काएको दाउरा भेटियो

धिरज स्मृतिपवन
पूर्वीचौकी गाउँपालिका–१, फूलौट, डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *