लक्ष्मण सङ्गमका तीन गजल

गजल–एक

त्यस्तै त हो नि झिनामसिनाको मूल्य
जस्तो मेरो हुन्छ तिमी विनाको मूल्य

ऊ त मान्छेको व्यापार पनि गर्दो रहेछ
सोध्दै थियो नातिनातिनाको मूल्य

खाडीमा रगत बगाउने रहर कहाँ हो र रु
सरकारले दिएन पसिनाको मूल्य

मेरो मृत्यु समेत लेखिदिनुभो तपाईंले
कसरी कति दिऊँ रु म चिनाको मूल्य

गजल–दुई

केही ठाउँमा दुर्घटना निश्चित हुन्छ पाइला चाल्नै पर्छ
जस्तो पुतली जल्ने थाहा हुँदा पनि बत्ती बाल्नै पर्छ

गर्मीको मौसममा पो फेसन भयो च्यात्तिएको कपडा
हेर्दै जाऊ जाडोको मौसम आएपछि त टाल्नै पर्छ

आत्मीय साथीहरूको बीचमा घुस्यो एउटा दुश्मन
कुनै–कुनै मोडहरूमा शत्रुलाई पनि अँगाल्नै पर्छ

व्यवहारमा धर्म छैन तर मनमा पाप छैन उसको
हे भगवान् १ कसाइलाई पनि हजुरले सम्हाल्नै पर्छ

जीवनभर रुनु पर्नेछ भन्दै मलाई छोडेर गयौ तिमी
अब त तिम्रो वचन राख्न पनि आँसु खसाल्नै पर्छ

गजल–तीन

हिजोआज फुर्सद छैन मसँग रुनलाई यति धेरै
तिमी दुःख दिने दुस्साहस नगर मलाई यति धेरै

तिमीबाट म जन्मिएँ मबाट तिम्रो अस्तित्व सकिन्छ
म आगो हुँ मसँग के घमण्ड गर्छौ सलाई, यति धेरै रु

म पीडा र तिम्रो दुखद सङ्गममा पनि हाँसिरहेछु
तिमी किन हतार गरिरहेछौ छोड्नलाई यति धेरै

नुनिलो हुँदैमा, तरल हुँदैमा सबै आँसु कहाँ हुन्छ र ?
नत्र कसले आँसु सापटी दियो समुद्रलाई यति धेरै

जम्मै कपाल झरिसकेपछि काँइयो दिँदै उनले भनिन्
संसारमा कसले गर्छ र हजुरको भलाई यति धेरै

लक्ष्मण सङ्गम
अछाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *