विष्णु पादुकाका ५ साइनो

१.
पुतली बोलाएछौ
हावा पनि सँगै आयो
ज्योति गुम्ला होस राख ल !

२.
सुन सस्तो हुन्छ कि ?
गहना कुरेर बसेँ
हिरा लुकेको देखिएन

३.
म अर्थमा हराएँ
बोलीको बाढिमा बगेँ
चिप्लोमा लोटाउन आयो

४.
बढ्ने बिरुवा हो र ?
सोचको घेरो साँघुरो
पोखरी नछाड माछाज्यू !

५.
नजिक देख्यौ सबै
पोल्न सक्छ है आगोले
बाफै भए पनि पानी हो

विष्णु पादुका
कोहलपुर नगरपालिका–४, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *