कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

कोहलपुर, साउन १७,

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएसँगै मृतकको हालसम्मको जम्मा सङ्ख्या ५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृतक सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पताल ललितपुरमा मृत्यु भएको हो । नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या भने १९ हजार ७ सय ७१ पुगेको छ ।

उनीहरूमध्ये १४ हजार ३ सय ९९ कोरोनामुक्त भइसकेका छन् भने ५ हजार ३ सय १६ जना आइसोलेशनमा छन् । देशभरका प्रयोगशालामा १० हजार ७ सय ६ नमुना परीक्षण गर्दा हिजो मात्र २ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरस सङक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद मनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *