सलह हुम्लामा पनि देखियो

कोहलपुर, साउन १७,

सलह किरा अहिले हुम्लामा पनि देखिन थालेको छ ।

हुम्लाको तजाँकोट गाउँपालिकामा पनि सलहको झुण्ड देखिन थालेको स्थानियले बताएकाछन् । करीव एक हजारको झुण्डमा आएको सलह किरा हुम्लाको ताजँकोट गाउँपालिकामा प्रवेश गरेको स्थानिय पत्रकार वैज्ञानिक शर्माले जानकारी दिनुभएको छ । रातो र सेतो रङगको सलह किरा कर्णालीको तिर हुदै हुम्ला प्रवेश गरेको हो ।

अहिलेसम्म एक हजार भन्दा बढीको संख्यामा आएको सलह किरा मानिसको आवाज सुन्दा, तालि र थाल लगायतका समाग्रि बजाउँदा डराउन थालेको स्थानियले बताएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *