बाँकेमा सर्पदंशका बिरामी बढ्दै

कोहलपुर, साउन १७,

वर्षायाम सुरु हुने बित्तिकै बाँके जिल्लामा सर्प दंशका बिरामी बढ्न थालेका छन् ।

बाँकेको भेरी अञ्चल अस्पतालमा सर्पको टोकाइबाट उपचारका लागि आउने बिरामीको चाप बढेको छ । भेरी अस्पतालका इमर्जेन्सी र आइसीयु वार्ड सर्पदंशका बिरामीले मात्रै भरिन थालेको छ । केही समयदेखि बाँकेमा गर्मीका कारण सर्पको बिगबिगी बढेको छ ।

भेरी अस्पतालकोे आकस्मिक सेवामा अहिले दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी आउने गरेको अस्पताल स्रोतले जनाएको छ । कैलाली, बर्दिया, दाङ र सुर्खेत लगायतका अन्य जिल्लाबाट समेत सर्पले टोकेका बिरामीहरुलाई यहाँ ल्याउने गरिएको छ । अन्य जिल्लामा भेन्टिलेटर सुविधा नभएका काराण त्यहाँ बिरामी भेरी अस्पतालमा आउने गरेका हुन् । भेरी अस्पतालको आइसीयु वार्डमा ६ वटा बेड र ६ वटै भेन्टिलेटर रहेका छन् ।

यो वर्ष अस्पताल पुर्याउन ढिलो गरेका कारण बाटैमा ३ जना बालबालिकाको ज्यान गएको छ । सर्पदंश भएका दाङ, बाके र कैलालीका बालबालिकाको समयमै उपचार नपाउँदा ज्यान गएको अस्पतालले जनाएको छ । बिखालु सर्पले टोकेका १५० जना भेरी अस्पतालमा उपचारका भर्ना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *