‘कोरोनाको उच्च जोखिम छ, सचेत रहनुहोस्’–प्र.जि.अ कुरुम्वाङ

कोहलपुर, साउन १७,

कोरोना भाइरस (कोभिड १९) बाट बच्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर लगायतका विभिन्न क्षेत्रमा निःशुल्क मास्क वितरण गरेको छ ।

कोरोना रोगको संक्रमणबाट जोगिन सहज बनाउने तथा यसको रोकथामका लागि नागरिकलाई निःशुल्क मास्क वितरण गरेको हो । प्रमुख जिल्ला अधिकरी राम बाहादुर कुरुम्वाङ सहितको टोलीले जनचेतना जगाउनुका साथै माक्स नलगाई हिडेकाहरुलाई मास्क वितरण गरेको हो ।

प्रजिअ कुरुम्वाङको नेतृत्वमा हाल बाँकेमा कोरोना भाईरस बारे जनचेतना मूलक अभियान सञ्चालन भएको छ । सडकमै १० हजार बढी मास्क बितरण गरिएको प्रजिअ कुरुम्वाङले जानकारी दिए । मास्क वितरण गर्दै बजार परिक्रमा गरि कोण सभामा परिणत भयको थियोे । नागरिकको मनमा कोरोनाको डर कम हुँदै गएपछि मास्क नलगाउनेको संख्या बढ्दै गएपछि मास्क वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए । उनले भने,–‘जिल्लामा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ । यसबाट बच्न पूर्वतयारीका लागि सबै नागरिकलाई मास्क वितरण गरेका हौं ।’ उनले कोरोनाको उच्च जोखिम रहेकोले भिडभाडमा नजान अपिल गर्दै अनिवार्य मास्क प्रयोग गर्न समेत आग्रह गरे ।

पछिल्लो समयमा बाँके जिल्लामा कोरोना संक्रमितको संख्या थपिदै गएपछि यहाँ कोरोनाको उच्च जोखिम देखिएको छ । कोरोनाबाट बच्न, बचाउन तथा यसको नियन्त्रण र रोकथामका लागि प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधी र सुरक्षा प्रमुखहरु जनचेतना फैलाउन थालेका छन् । कुरुम्वाङले पछिल्लो समयमा सरकारी कर्मचारी लगायत केही अन्यलाई समेत संक्रमण पुष्टि भएपछि समुदायनै जोखिममा रहेको जनाउँदै सजग र सचेत रहनुका साथै स्वास्थ्य सुरक्षा अपनाउनु अति आवश्यक रहेको बताए ।

कुरुम्वाङले पछिल्लो रिपोर्टले बाँकेको कोरोना इपिसेन्टर नेपालगञ्जको त्रिभुवन चौक एकलाईनी आसपास देखिएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । हालसम्म बाँकेमा मास्क नलगाई हिड्ने ५ सय १ जनालाई जनही रु एक सय जरिवाना गरिएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *