४ महिनासम्म बन्द भएका होटल खुल्दै

कोहलपुर, साउन १५,

लकडाउनका कारण चार महिनासम्म बन्द भएका होटलहरू आजबाट सञ्चालन हुने भएका छन् ।

सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि होटलसँग आवद्ध सङ्गठनहरूले आजबाट होटल सञ्चालन गर्ने निर्णय गरेका हुन् । काठमाडौँ, पोखरा, सौराहा, नेपालगञ्ज लगायत मुख्य ठूला बजारमा होटल खुल्न थालेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बर्खाको सिजन भएकाले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश दिन लागिएको जानकारी दिए ।

सैराहाका व्यवसायीहरुले केही प्रतिशत छुटको अफर दिने तयारीसमेत गरेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा हुने पर्यटकीय सबै गतिविधिमा विषेश छुटको प्याकेज दिनेबारे छलफल भइरहेको बताउनुभयो । सौराहामा ११० होटल सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *