नेकपा र काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै

कोहलपुर, साउन १५,

प्रमुख दुई ठूला पार्टी नेकपा र नेपाली काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै गएको छ ।

सत्तारूढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डनेता नेपाल समूहबीचको टकरावका कारण पार्टी एकताले पूर्णता पाउन सकेको छैन भने काँग्रेसमा महाधिवेशन नजिकिँदै भइरहेका गुटगत चलखेलका कारण विवाद सतहमा आउन थालेको छ । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्ड निरन्तर छलफलमा जुटे पनि निस्कर्ष निकाल्नुको साटो गुटमा ध्रुविकरण देखिन थालेको छ ।

प्रचण्डनेपाल समूहमा रहनुभएका उपाध्यक्ष बामदेव गौतम ओलीतर्फ लागेपछि सचिवालयको बैठकबाट नै पार्टीको विवाद मिलाउने रणनीतिमा ओली देखिएका छन् । यसबीचमा नेकपाका एक सय ५२ केन्ीय सदस्यले केन्ीय कमिटी बैठक माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *