कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट

कोहलपुर, साउन १३,

गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ए ग्रेडमा परेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ए मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबिच आर्थिक वर्ष ०७६ र ७७ मा कार्यसम्पादन मुल्यांकन सम्झौता भएको थियो । ६ मुख्य क्षेत्रलाई आधार मानेर एक सय भन्दा बढी विषय मापनबाट हुने यो मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट भित्र पर्न सफल भएको हो ।

अघिल्लो वर्षको मूल्यांकनमा सिन्धुपाल्चोक अन्तिममा परेको थियो । आर्थिक वर्ष २०७६,७७ मा सचिव र प्रमुृख जिल्ला अधिकारी बीचको कार्यसम्पादन र जिल्लाबाट गृह मन्त्रालयमा पठाइने हरेक दिनको रिपोर्टिङ नै मूल्यांकनको आधार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *