वेपत्तालाई मृतक घोषणा गर्दै आयोगले पठायो पत्र

१३ पौष, २०७४ काठमाडौं

वेपत्ता छानविन आयोगले वेपत्ता व्यक्तिलाई ‘मृतक’को सूचीमा राख्दै घरपरिवारमा पत्र पठाएको  नेपाल समाचारपत्र दैनिकको पहिलो पृष्ठमा छ । आफ्ना व्यक्तिको लास कि सासको माग गर्दै आन्दोलन गरिरहेका वेपत्ता परिवारको घरमा एक्कासी आयोगबाट ‘मृतक’मा सूचीकृत गरिएको भन्ने पत्र आएपछि उनीहरु आक्रोशित भएका समाचारमा उल्लेख छ ।

‘बाँकेमा ६ जना वेपत्ता परिवारको घरमा ‘मृतक सूचीकृत गरिएको’ पत्र आएको छ,’ समाचारमा लेखिएको छ, ‘आयोगले त्यस्तो पत्र हुलाकबाट पठाइदिएको छ ।’

न्यायका लागि द्वन्द्वपीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीले बनकटवामा ३, कोहलपुरमा १ र राप्तीपारीका २ जना वेपत्ता परिवारको घरमा आयोगले मृतक सूचीकृत गरेको पत्र आएको जानकारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *