बाँकेमा रासायनिक मलको अभाव

कोहलपुर, साउन १२,

बाँकेमा रासायनिक मलको चर्काे अभाव सिर्जना भएको छ ।

नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडले कृषकको माग अनुसार मल उपलब्ध गराउन सकेको छैन । धानबालीमा मल छर्ने बेला भैसक्दासमेत यतिबेला किसानसम्म मल पुगेको छैन । बाँकेमा ४२ हजार हेक्टरमा खेती हुँदै आएको छ ।

जसका लागि छ हजार मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र १०० मेट्रिक टन पोटास मल अवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जकाले जनाएको छ । गत आर्थिक वर्ष २०७६र७७ मा तीन हजार ६०० मेट्रिक टन युरिया, एक हजार ७०० मेट्रिक टन डिएपी र ४० मेट्रिक टन पोटास मात्रै आपूर्ति भएको थियो । जसका कारण जिल्लामा मलको अभाव देखिएको हो ।

गत आर्थिक वर्ष २०७६/७७ मा तीन हजार ६०० मेट्रिक टन युरिया, एक हजार ७०० मेट्रिक टन डिएपी र ४० मेट्रिक टन पोटास मात्रै आपूर्ति हुँदा बाँकेमा मलको अभाव देखिएको हो । कृषि कम्पनी लिमिटेडले यहाँका सहकारीमार्फत किसानसम्म मल पु¥याउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *