प्रदेश सभाको संरचना तयार हुँदै, सहरी विकास मन्त्रालयले माग्यो १ अर्ब ५ करोड

मन्त्रिपरिषदले प्रदेशको राजधानी नतोक्दा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको  छ । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग सातवटै प्रदेश सभाको संरचना तयार गर्न तत्काल १ अर्ब ५ करोड माग गरेको छ ।

सरकारले प्रदेशको राजधानी तोक्ने सम्भावित क्षेत्रमा प्रदेश सभा सञ्चालनका लागि आवश्यक भवनबारे मन्त्रालयले अध्ययन गरिसकेको छ ।

प्रदेश नम्बर १ मा धरान, विराटनगर, धनकुटा तथा इटहरीमा सम्भावित भवनको खोजी गरिएको छ ।

त्यस्तै २ मा जनकपुर, ३ मा काठमाडौं, बनेपा, हेटौंडा, ४ मा पोखरा, ५ मा बुटवल, दाङ, ६ मा सुर्खेत र ७ मा धनगढी, दिपायललगायतका क्षेत्रमा सम्भावित प्रदेश सभाका लागि भवन खोजिएको छ ।

नयाँ पत्रिका दैनिक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *