नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्कियो

कोहलपुर, साउन ११,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्किएको छ ।

शीर्ष तहका नेताहरू नै सार्वजनिक रुपमा आरोपप्रत्यारोप उत्रिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नोपालले प्रधानमन्त्री लक्षित गरी सार्वजनिक रूपमा नै आरोप लगाएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरू सार्वजानिक रूपमा त्यसको प्रतिवादमा उत्रिएका छन् ।

शीर्ष नेताहरू बीचको अभिव्यक्तिले पार्टी र सरकारबीचको सम्बन्ध नै सङ्कटमा परेको देखिएको छ । निर्वाचन आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री ओलीसमेतको सक्रियता र पहलमा दर्ता भएको प्रचण्डको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *