मध्यपूर्व र ओसिएनका एनआरएनएबीच सहकार्य गर्न छलफल

१२ पौष, २०७४
सिड्नी : अष्ट्रेलियामा मध्यपूर्वी र ओसिएनका गैरआवसीय नेपाली संघ (एनआरएनए)को सहकार्य सम्बन्धी छलफल भएको छ ।

छलफल कार्यक्रममा हालै अष्ट्रेलिया भ्रमणमा रहेका एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्माले ५५ देखि ६० प्रतिशत मध्यपूर्वबाट रेमिट्यान्स नेपाल भित्रने गरेको भन्दै मध्यपूर्व र मलेशियाबाट पठाएको रेमिट्यान्सलाई विलासितामा नभर्इ उत्पादनशीलतामा उपयोग गर्नु पर्ने बताए । त्यसका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा अरेवीयन पर्यटक भित्र्याउन सकिने भन्दै उनले लगानीका लागि सरकारबाट पहल नभएको गुनाशो गरे । सोही कार्यक्रममा शर्माले मध्यपूर्वमा आर्थिक मन्दी भयो भने लाखौँ नेपाली फर्कनुपर्ने अवस्था रहेको भन्दै त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने बारे नेपालले सोच्नु जरुरी रहेको बताए ।

कार्यक्रममा अष्ट्रेलिया र मध्यपूर्वीको टिम मिलेर संयुक्त काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

यस्तै कार्यक्रममा शर्मालाई स्वागत गर्दै एनआरएनए ओसिएन संयोजक धर्मराज अधिकारीले प्रवासमा भएका नेपालीहरुको जतिसुकै प्रगति भएपनि देशको प्रगति नभएसम्म खुसी हुने स्थिति नरहेको बताए ।

नियम कानून नै निकै राम्रो भएकोले अस्ट्रेलियाको एनआरएनए नेतृत्व निस्कलंक भएको भन्दै उनले सबै ठाउँका नेपाली मिलेर नेपालमा लगानी गर्न सकिने बताए ।

एनआरएनए का ६ वटा क्षेत्रबिच समन्वय गरेर काम गर्न आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा सिड्नीमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाहरुको सहभागगिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *