कोकाकोला अब सानो साइजको पेट बोतलमा पनि

१२ पौष, २०७४
काठमाडौं : कोकाकोला नेपालले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल (प्लाष्टिक बोतल)मा नेपाली बजारमा ल्याएको छ ।

नयाँ बोतल आगमनसंगै कोकाकोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको छ ।

ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३ सय एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको हो, जसको मूल्य रु ४० तोकिएको छ ।

यो पेट बोतल सबैभन्दा सानो बोतल भएकाले यसलाई ‘फुच्चे प्याक’ भनिएको हो ।

नयाँ प्याकको सर्वजानिक गर्दै कोकाकोला नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंहले भने ‘हामीले बजारमा कोकाकोला, फ्यान्टा र स्प्राईटलाई नयाँ सानो पेट बोतलमा ल्याउन पाएकोमा निकै खुसी छौं । ग्राहकको बढ्दो माग अनुसार हामीले सानो साइजको बोतल बजारमा ल्याएका हौँ । यो सानो प्याकसँगै हाम्रा ग्राहकलाई आफ्नो चाहना अनुसारको साइजमा पेयपदार्थ छनोट गर्न समेत सजिलो भएको छ । हामीलाई विस्वास छ, हाम्रा ग्राहकले यो फुच्चे प्याक मन पाराई यसको आन्नद लिनु हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *