पाँच वर्षीया भतिजी जबरजस्ती करणी गर्नेलाई १० वर्ष जेल सजाय

१२ पौष, २०७४
सिन्धुपाल्चोक : आफ्नै भतिजीलाई जबरजस्ती करणी गर्नेलाई जिल्ला अदालत सिन्धुपाल्चोकले १० वर्ष कैद सजायको फैसला गरेको छ ।

गएको असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका(११ का विदुर गिरीले जबरजस्ती करणी गरेका थिए ।

अदालतले पीडित बालिकालाई ५० हजार रुपैयाँ पीडकबाट क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । अदालतबाट सजाय पाएका गिरी अपाङ्गता भएका व्यक्ति हुन् ।

बालिकाको गुप्ताङ्ग पाकेपछि धुलिखेल अस्पताल लगेपछि मात्रै उनी बलात्कृत भएको डाक्टरले पुष्टि गरेका थिए । पछि बालिकालाई काउन्सिलिङमा ल्याएर फकाएर सोध्दा गिरीले जबरजस्ती करणी गरेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले सबै अनुसन्धान पूरा गरी कात्तिक १२ गते जिल्ला अदालत चौतारामा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला न्यायाधीश दिपक खनालको इजलासले गिरीलाई १० वर्ष सजाय र ५० हजार क्षतिपूर्ति तिराउन फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

जबरजस्ती करणीको मुद्दामा अदालतले यो सबैभन्दा छिटो फैसला गरेको मुद्दा भएको महिला तथा बालबालिका विकास कार्यालयकी नानीमैया बस्नेतले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *