नमुना मतदानमै झण्डै २५ प्रतिशत मत बदर

अछाम  , ३० कात्तिक/जिल्ला निर्वाचन कार्यालय अछामको आयोजनामा आज मंगलसे नमुना मतदान सम्पन्न भएको छ । द्रुत गतिमा मतदाता शिक्षालाई गाउँ–गाउँ सम्म पु¥याई रहेको निर्वाचन आयोगले मतदाता शिक्षाको प्रभावकारीता जाँच गर्न नमुना मतदान गरेको हो । मंगलसेन नगरपालिकाको प्रंगणमा भएकमो नमुना मतदानमा कुल ९१ मत खसेको थियो । जम्म खसेको ९१ मत मध्ये झण्डै २५ प्रतिशत सम्म मत बदर भएको पाईएको छ । नमुना मतदानमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ कुल खसेको ९१ मत मध्ये २५ मत अर्था झण्डै २३ प्रतिशत मत बदर भएको छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्ष तर्फ कुल खसेको ९१ मत मध्ये २२ मत अर्था २० प्रतिशत भन्दा बढी मत बदर भयो । यसैगरी प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फ कुल खसेको ९१ मत मध्ये १३ मत अर्था झण्डै १२ प्रतिशत मत बदर भएको छ ।

नमुना मतदानका क्रममा भएको यो बदर मतको संख्या हेर्दा मतदाता शिक्षा माथी गम्भिर प्रश्न चिन्ह खडका भएको छ । मतदानका क्रममा अधिकांशले स्थानीय तहको चुनावमा जस्तै आफुले मत शंकेत गर्ने लाईनमा छेउसम्म लहरै ७ ठाउँमा मत शंकेत गरेको पाईएको छ । कतिपयमा मतदान अधिकृतको हस्ताक्षर समेत नभएको पाईएको छ । नमुना मतदान पछि प्रतिक्रिया दिदै जिल्ला निर्वाचन कार्यालय अछामका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले भर्खर–भर्खर मात्र मतदाता शिक्षा कार्यकर्ता गाउँघरमा पुगेकाले धरेमा अन्योलता रहेको बताउनुभयो । नमुना मतदानबाट धेरै राम्रो सिकाई भएको बतउँदै त्यस क्रममा उहाँले अबको बाँकी समय मत बदर हुन नदिनका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मतदान अधिकृतको हस्ताक्षर नभएको मत पत्र भने मतदान अधिकृतले मतदातको प्रतिक्रिया जाँच्नका लागि जानी–जानी दिएको जिल्ला निर्वाचन अधिकारी भट्टले बताउनुभयो । कतिपय मतदाताले स्थानी तहको निर्वाचनको जस्तै लहरै प्रत्येक चुनाव चिन्हमा मत खसालेको पाईएको उहाँको भनाई छ । यसले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउँदै लैजानु पर्ने कुरामा चुनौति थपिएको उहाँले बताउनुभयो । नमुना मतदानमा मतदान अधिकृतको भुमिका निर्वाह गर्नुभएका मंगलसेन नगरपालिकाका नायव सुब्बा खगेन्द्र प्रसाद रिमालले आफुले मतदाताको प्रतिक्रिया बुझ्न हस्ताक्षर बिनाको मत पत्र दिएको भएपनि मतदाताले भने कुनै प्रतिक्रिया नजनाएको बताउनुभयो । यसले हस्ताक्षर बिनाको मत पत्रमा मत हाल्दा मत बदर हुन्छ भन्ने कुराको समेत जानकारी मतदातामा नरहेको पुष्ठि भएको उहाँको दावी छ । यो परिणामा हेर्दा मतदाता शिक्षामा जोड दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

नमुना मतदानमा मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बोहरा, उप–प्रमुख सरिता उपाध्याय, कार्यकारी अधिकृत गणेशप्रसाद ढुंगाना, जिल्ला स्थित बिभिन्न निकायका प्रमुख एवम् प्रतिनिधि, सुरक्षकर्मी, पत्रकार, मंगलसेनन नगरपालिकाका स्थानीय लगायतको सहभागी थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *