विश्वका निकै डरलाग्दा र रहस्मय ठाउँहरु

कोहलपर ३१ असार,

भुगोलका हिसाबले संसारभर विभिन्न सुन्दर र अनौठा ठाउँहरु रहेका छन् । अक्सर निकै राम्रा, चर्चित र सुगम स्थानमा रहेका ठाँउहरुको मात्रै चर्चा हुने गरेको छ । कतिपय सुन्दर लाग्ने ठाँउहरु ओझेलमा परेका छन् भने कतिपय भयानक डर लाग्ने स्थानहरुको अझैपनि चर्चा हुन सकेको छैन । प्रकृतिले आफ्नो उत्तपत्तिसँगै बनाएको सबै ठाँउमा मानिस अझैपनि पुग्न सकेका छैनन् । अझैपनि त्यस्ता ठाँउहरुमा कुनै पनि प्राणी या मानव अस्तित्व हुनुको प्रमाण फेला परेको छैन । हामी तपाईहरुलाई संसारका कुनामा रहेका केहि त्यस्ता ठाँउहरुको बारेमा जानकारी गराउँदछौं ।


१. मार्लबोरो साइक्याट्रिक अस्पताल
सन् १९३१ मा अमेरिकामा खुलेको यो मार्लबोरो साइक्याट्रिक अस्पतालमा हालसम्म ६५ वटा अचम्मका घटनाहरु घटेका छन् । यस अस्पतालमा रहेका बिरामीहरु रहस्यमयी ढंगले हराउने, आत्महत्या गर्ने र कोठामै निसास्सिएर मर्ने गरेका घटनाहरु बाहिर आएका थिए । त्यस्ता घटनाहरु क्रमिक रुपमा बढ्न थालेपछि अमेरिकि सरकारले यस घटनाबारे गोप्य रुपमा जाँच्नका लागी काम सुरु गरेको थियो । सेनिटर रिचर्ड जे कोडीले गोप्य रुपमा अस्पतालको कर्मचारीको जासुसी गर्न सुरु गरे । जासुसी गरि रहेका कोडीले पछिल्लो ६० वर्षदेखि त्यहाँ रहेका बिरामीहरुको शोषण र गैरकानूनी रुपमा मेडिकल एक्सपेरीमेन्ट गरिदैँ आएको कुरा पत्ता लाग्यो । गरिन्थ्यो । त्यसपछि अमेरिकी सरकारले अस्पताललाई प्रतिबन्ध लगाएपछि आजसम्म त्यहाँ कुन आवतजावत छैन ।

२. आओकिघारा जंगल, जापान

जापानमा एउटा यस्तो जंगल छ जहाँ ५ सय भन्दा बढि मानिसहरुले सुसाइड गरिसकेका छन् । हेर्दा सुन्दर देखिने यो जंगल तर यो जंगल साह्रै भयानक र डरलाग्दो छ । यस जंगलमा कहिँ कपडा, कहिं जुत्ता, कहिँ डोरीहरु धेरै मात्रामा देखिने गर्छ । त्यसैले यो जंगललाई सुसाइड पोइन्ट पनि भन्ने गरेका पाइन्छ । जापानको माउन्ट फुजीको तलको भागमा स्थित अनुमानित ३ हजार ५ सय हेक्टरमा रहेको यो जंगल आओकिघारा नाममा रहेको छ । यो जंगलको रहस्य आजसम्म खुलासा हुन सकेको छैन । त्यसकारण मानिसहरु यो जंगलमा जान डराउँछन् ।

३. रहस्यमय गुडियाको आइल्याण्ड

आइल्याण्ड अफ डल्स यो मेक्सिको शहरको बाहिर एउटा टापु रहेको छ । यहाँ हजारौं लाखौंको संख्यामा गुडियाहरु रुखका हाँगाँ, भित्ता, लहराहरुमा झुण्डायिएको पाइन्छ । गुडियाहरु त्यसरी झुण्डाउनुमा एउटा रहस्यले भरिएको कहानी छ । त्यस टापुमा एकजना टापुको हेरचाहकोलागी एक मान्छे बस्थे । एकदिन उनि समुद्र किनारामा समुद्रको लहरले एउटा बच्चीको बगाएर ल्याएको फेला पारे उक्त बच्चीको हातमा एउटा गुडिया थियो र त्यो मानिसले बच्चीलाई गाडेर उसको सम्झनाको लागी उनको गुडियालाई रुखमा झुण्डायीदिए । समय बित्तै गएपछि उक्त मानिसको सपनामा आएर त्यो बच्चीले डराउन थालेपछि ती मानिसले आफ्नो बाँकी जिवन त्यही आइल्याण्डमा गुडिया झुण्डाएर बिताए । रहस्य र अनौठोलाग्दो कुरा के थियो भने ती मानिस को शव तयहीँ फेला परेको थियो जहाँ त्यो बच्चीलाई गाडिएको थियो ।

४. आगोको भुमि जहाँ ४ हजार वर्षदेखि निरन्तर बलिरहेको छ आगो
विश्वभरमा मुस्किल अनि पत्याउन नसकिने सत्य कुराहरु रहेका छन । ति मध्ये यो पनि एउटा रहस्यमय पहाड हो जहाँ निरन्तर रुपमा आगो बलिरहेको छ । निरन्तर रुपमा आगो बलिरहने यो पहाड अजरवैजानको यानार डागमा रहेको र लगभग ४ हजार वर्षदेखि बलिरहेको छ । यो आगो बलिरहेको दृश्य हेर्न धेरै पर्यटकहरु प्नि आउने गर्छन् । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार यस पहाडमा प्राकृतिक ग्याँस ठुलो मात्रामा रहेकोले आगो निरन्तर बलिरहने बताउँछन् । यस पहाडमा बलेको आगो आधीँ, हुरी पानी आएपनि अहिलेसम्म निभेको छैन ।

५. झरना जहाँ बग्छ पानी होइन खुन

यो झरनाबाट पानीको सट्टा रातो रङ्को पानी बग्ने गर्छ जसले गर्दा यसलाई ब्लड फलको नामले पनि चिन्ने गरिन्छ । यो झरना अन्टारटिकामा स्थित छ । यस झरनालाई सन् १९११ मा अस्ट्रेलियाको जियोलोजिस्ट ग्रिफिथ टेलरले पत्ता लगाएका हुन् । अन्टारटिकाको एक द्वीप बर्पmले ढाकिएको र उक्त द्वीपमा तापक्रम माइनस मा रहने भएकोले काही पनि मानिसहरु त्याहाँ जाने भन्ने बित्तिकै काप्न थाल्छन् । यस झरनामा धेरै वैज्ञानिकहरुले रिसर्च गरेका छन् । बैज्ञानिकहरुका अनुसार यस झरनामा आँयरन अक्साइडको मात्रा धेरै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *