गजल-प्रेमिकाले खामभित्र मुटु पठाइछिन्

गजल

बोलाएपछि साथी पनि भट्टिमा आयो
आफुले पिउँनुको दोष देशलाई लगायो

मान्छेले लगातार ढिस्कनु भत्काइ रहे
यता अहोरात्र कमिलाले माटो ओसार्यो

प्रेमिकाले खामभित्र मुटु पठाइछिन्
के सम्झेर प्रेमिले खुकुरी पठायो

ससुरालीमा उसको जयजयकार थियो
जसले घरबाट बा-आमा खेदायो

पुनर्वासले मेरो एउटा पाटो छोपिदियो
अर्को पाटो जीन्दगीले अझै लुकायो

-दुर्गा रिमाल, अष्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

65 Shares
Share65
Tweet
Pin
Share