कोहलपुर नगरपालिकाद्वारा जग्गा प्लटिङ्ग गर्न रोक

संगिन शर्मा

१२ पौष, २०७४
कोहलपुर : कोहलपुर नगरपालिका भित्र खेतियोग्य र बसोबास योग्य जमिन प्लटिङ्ग गर्ने कार्यमा रोक लगाइने भएको छ । नगरक्षेत्र भित्र रहेको खेति तथा बसोबास योग्य जमिन जथाभावी रुपमा प्लटिङ्ग गर्नमा प्रयोग हुन थालेपछि नगरपालिकाले कानुनी तवरबाटै सो कार्यका विरुद्ध कदम चाल्न थालेको हो ।

नगरका विभिन्न ठाँउहरुमा जथाभावी भैरहेको जग्गा प्लटिङ्ग कार्यलाई नियमन गर्न कोहलपुर नगरपालिकाले अग्रसरता समेत देखाएको छ । नगरपालिकाका जननिर्वाचित प्रतिनीधि र कर्मचारीहरु नगरक्षेत्र भित्र जग्गाको प्लटिङग गरि विक्रि वितरणमा रोक लगाउने निश्कर्षमा पुगेको र यस कार्यलाई कडाइका साथ कार्यान्वयनमा लैजाने नगरपालिका श्रोतले बताएको छ ।

यसैगरि नगरपालिकाले नगरका १५ ओटै वडाको सवै तथ्याङ्क ३ महिनाभित्रै संकलन गरि सक्ने बताएको छ । नगर क्षेत्रभीत्र रहेका संघ–संस्था, विद्यालय, नम्वरी तथा सरकारी प्रति ऐलानि जग्गा, सरकारी सार्वजनिक गुठी, मठ, मन्दिर लगायतको तथ्याङक ३ महिना भित्र संकलन गरि अध्यावधिक गरिने भएको नगरपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *