कोहलपुरमा बालबालिकालार्ई भिटामिन ए र जुकाको औषधी खुवाईयो

बिधुत्मा रैका,
कोहलपुर, असार २३,

कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको स्वास्थ्य चौकीमा करिब ५ सय बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईएको छ ।

प्रत्येक टोलमा पायक पर्ने स्थानमा निःशुल्क रुपमा भिटामिन ए र जुकाको औषधी खुवाईएको महिला स्वास्थ्य स्वयम सेविका रुपा बुढाथोकीले बताईन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा ३ वटा केन्द्र तोकेर भिटामिन ए र जुकाको औषधी खुवाईएको हो ।

जन्मिएको ६ महिना देखि ५ बर्ष सम्मका र जुकाको औषधी एक बर्षदेखि ५ बर्षका बालबालिकालाई खुवाईको हो । पायकपर्ने स्थानमा स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरुले भिटामिन ए र जुकाको औषधी खुवाएका हुन् । ६ महिना भन्दा कम उमेरका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी दुवै खुवाउनु नपर्ने स्वयम सेविकन नुमा थापाले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *