प्रविधिमैत्री विद्यालय नभएकै कारण पढाई रोकियो : सांसद बिशुन्के

कोहलपुर, असार २३,

सांसद पार्वती बिशुन्केको पहलमा दैलेखमा सञ्चालित विभिन्न विद्यालयमा विभिध सामाग्री प्रदान गरिएको छ ।

सुचना प्रविधि प्रयोगशाला मैत्री सामुदायिक विद्यालय बनाउँने कार्यक्रम अन्तगत दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. १ का ६ वटा विद्यालयमा सुचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन (आइ.सि.टि.ल्याव) को लागी सामाग्री प्रदान गरिएको हो ।

सांसद बिशुन्केको पहलमा संघिय संचार मन्त्रालयसंग समन्वय गरी दैलेखका सामुदायिक मावि विद्यालयहरु त्रिभुवन उमावि, नया बजार दैलेख, सिता जनसहयोग उमावि, डुंगेश्वरमा रहेको भैरब मावि, भगवती माई गाउँपालिका शान्ति मावि, गुराँस गाउँपालिकाको शिवशक्ति मावि, नौमुले गाउँपालिकाको भगवती मावि, महाबु लगायत ६ वटा विद्यालयमा सामाग्री दिएको सांसद बिशुन्केले जानकारी दिए ।

प्रत्येक विद्यालयमा २४ वटा कम्प्यूटर सेट, प्रोजेक्टर १ थान, प्रिन्टर १ थान, सिसिटिभि क्यामेरा ४ थान, सिसिटिभि मोनीटर १ थान, नेटवर्क भिडोयो रेकडर १ थान, स्विच र्याक १ थान, राउटर १ थान, लगायतका आई सम्वन्धि आवश्यक सामाग्रीहरु पठाएको र उक्त समाग्रीहरु सबै विद्यालयमा प्राप्त भएको विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।

२०७५ साल पौष १ गतेका दिन संघिय संचार मन्त्रालय र दुरसञ्चार प्राधिकरण काठमाडौंको संयूक्त लगानीमा देश भरिका सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने र विद्यार्थीलाई प्रविधिमैत्रि बातावरणमा युग अनुसारको शिक्षा दिने उदेश्यले यो कार्यक्रम लागु गरिएको हो । यो कार्यक्रम जिल्ला तहमा पार्नलाई प्रक्रिया पुरा गर्न झण्डै १ महिना लागेको र यी सामाग्र जिल्ला तहसम्म पुराउँदा झण्डै १९ महिना लागेको छ । कोरोनाले गर्दा पनि समयमा काम हुन नसकेको हो । सांसद बिशुन्केले भनिन्,–‘अव बालबालिकालाई किताव रटाएर होइन युग अुनसार प्रविधिसंग पनि सिक्ने र सिकाउँने गरेमा मात्र हामीले कुशल जनशक्ति देशका लागि तयार गर्न सक्छौं । बालबालिकाले प्रविधि र पढाई संगसंगै सिक्नु पर्छ । कितावी ज्ञान संगसंगै प्रविधिमा क्षमता विकास गर्न सकेमा रोजगारतर्फ पनि जोडीन र वेरोजगारी समस्या न्यूनिकरण गर्न सकिन्छ ।’ बालबालिकासंग भएको सृजनशिलतालाई उजागर गर्न, बालमैत्रि विद्यालय निर्माण गर्न, सामुदायिक विद्यालय सिकाईमैत्री छ, भन्ने विश्वासको बातावरण सृजना गर्न र सरल र सहज शिक्षा हासिलमा सबैको पहँच पुराउँने उदेश्यले पनि यो कार्यक्रम आवश्यक रहेको उनले बताईन् ।

प्रविधि कति महत्वपूर्ण हुन्छ भन्ने कोरोना भाइरस महामारीले पनि सिकाएको छ । प्रविधिमैत्री विद्यालय नभएकै कारण आँखा अगाडी आएको एसइइ रोक्नु परेको छ । प्रविधिसँग पहँुच नभएका बालबालिकाले अहिले ४ महिलनसम्म पनि पढ्न पाएका छैनन । जहाँ प्रविधि छ त्यहाँका बालबालिकाले लकडाउनको समयमा पनि अध्ययनलाई निरन्तरता दिएता पनि अधिकाँश यो अवसरबाट बञ्चित हुनुपरेको छ । उनी भन्छिन्–‘अबहामीले युग अनुसारको शिक्षा दिन जवसम्म बालबालिकालाई सक्दैनौ तवसम्म युग अनुसारको आवश्यक र गुणस्ततिर जनशक्ति तयार गर्न सक्दैनौ भन्ने मेरो बुझाई हो । हाम्रो शिक्षा प्रर्णालीमा सुधार गर्नका लागि यस्ता कार्यक्रम देश भरी सञ्चालन गर्न आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *