कोरोना सङ्क्रमित संख्या १ करोड १५ लाख ५५ हजार नाध्यो, भारत तेस्रो स्थानमा

कोहलपुर, असार २१,

विश्वमा सबैभन्दा धेरै केरोना सङ्क्रमित देशमध्येमा भारत तेस्रो स्थानमा पुगेको छ ।

रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ । अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या भारतमा भन्दा बढी छ । अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित रहेको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

आजसम्म विश्वमा १ करोड १५ लाख ५५ हजार ४ सय १४ जनाका कोरोना सङ्क्रण देखिएको छ ।आज बिहानसम्म ५ लाख ३६ हजार ७ सय २० जनाको मृत्यु भएको छ । ६५ लाख ३४ हजारलाई निको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *