सुनको मूल्य तीन सय रुपैंयाँले बढ्यो

 

१२ पौष, २०७४
काठमाडौं : अघिल्लो दिनको तुलनामा बुधबारको सुनको भाउ तीन सय रुपैंयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार ५५ हजार प्रतितोलाका दरले कारोवार भएको शुद्ध सुनको मूल्य बुधबार ५५ हजार ३ सय पुगेको हो।

त्यस्तै यसै अवधिमा चाँदीको मूल्यमा समेत प्रति तोला ५ रुपैंयाँले वृद्धि भएको छ। महासंघका अनुसार अघिल्लो दिन ७ सय ३० प्रति तोला रहेको चाँदीको मूल्य बुधबार ७ सय ३५ पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *