ओली र प्रचण्डबीच भेटवार्ता सम्पन्न, संयोजन समिति बैठकको लागेन टुंगो

१२ पौष, २०७४
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
बुधबार दिउँसो ओली निवास बालकोटमा दुर्इ नेताबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच पार्टी एकता, सरकार गठन, राष्ट्रपति कार्यालयमा विचाराधीन राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेश लगायतका विषयमा छलफल भएको छ ।

दुई अध्यक्षबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको समेत बताइएको छ । केही दिनभित्रमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने समझदारी समेत भएको छ ।

उनीहरूबीच करीब डेढ घण्टा कुराकानी भएको थियो। छलफलपछि दुई नेता ओलीको घरको छतमा देखिएका थिए। दुवै नेताले के विषयमा छलफल भएको होरु भन्नेबारे भने केही बोलेनन्।

दुई नेताबीच नयाँ सरकार गठनबारे अहिलेको सरकारले बाटो खोल्नुपर्ने विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ‘उहाँहरूबीच नयाँ सरकार गठनबारे अहिलेको सरकारले बाटो खुल्ला गर्नुपर्ने विषयमा छलफल भयो,’ उनले भने ‘तर, एकता संयोजन समितिको बैठक भने कहिले हुने टुंगो लागेको छैन।’

दुई नेताबीच पुनस् छलफलपछि मात्र संयोजन समितिको बैठकको टुङ्गो लाग्ने उनले बताए। उनले भने ‘पार्टी एकता र संयोजन समितिको बैठकबारे थप छलफल गर्न सम्भवतस् भोलि फेरि बैठक बस्नुहुनेछ।’

यसअघि ओली र प्रचण्डबीच मंगलबार साँझ नै भेटवार्ता हुने भनिएपनि भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *