(फोटो फिचर)-१७ औं राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम–जानकी गाउँपालिका बाँके
कोहलपुर, १५ असार,
असार १५ नेपालीहरुका लागि एउटा हर्षोल्लासको पर्व पनि हो । अझ किसानहरुको लागि महत्वपूर्ण चाड पनि हो । मानो रोपेर मुरी फलाउने योजना, सपना सहित असार १५ मा धान रोप्ने चलनले प्राथमिकता पाउँदै आएको छ ।
विशेष गरि असार १५ मा धान रोप्ने र दहि चिउरा खाने प्रचलन छ । धान रोप्दै हिलोमाटोसँगै खेल्ने, असारे गीत गाउने प्रचलन पनि कायमै छ । असार १५ गते बाँकेको जानकी गाउँपालिकाले १७ औं धान दिवस तथा रोपाइ कार्यक्रमको आयोजना गरि मनाएको छ ।
धान रोपाई कार्यक्रमका तस्बिरहरु
कपिल अन्जान













