जननेता भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा कोहलपुरमा वृक्षारोपण

कोहलपुर, असार १४,

तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा कोहलपुरमा वृक्षारोपण गरिएको छ ।

मदन भण्डारी फाउण्डेशन प्रदेश नं ५ का अध्यक्ष सुर्य ढकालको प्रमुख आतिथ्यमा आँप, लिचि, केरा मेवा अमलाका विरुवाहरु कोहलपुरमा रोपिएको हो । भण्डारीको जन्मजयन्तीका अवसरमा आईतबार प्रदेश नं ५ का सबै जिल्लाहरुमा वृक्षारोपण गरीएको छ ।

जननेता भण्डारीको जन्मजयन्ती साताव्यापी रुपमा मनाईदैं छ । जननेता भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् । विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँधुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोरा मोतीराज भण्डारीको रुपमा मदन भण्डारीको जन्म भएको थियोे ।

पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा वि .संं २०५० जेष्ठ ३ गते दास ढुङ्गामा भएको गाडि दुर्घटनामा जीवराज आश्रितसंग जिवन गुमाउन पृुग्नुभएका भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका, सिद्धान्तनिष्ठ राजनीतिज्ञका रुपमा चिनिनुहुन्छ ।

फोटो : सुर्य ढकालको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *