लकडाउनमा गायक भुवन भट्टराई र अस्मिता अधिकारीको ‘मेरी माया’

कोहलपुर जेठ २४,

बाँके कोहलपुर निवासी गायक, संगीतकार तथा गीतकार भुवन भट्टराईको ‘मेरी माया’ नामक गीत बजारमा आउने अन्तिम तयारीमा रहेको छ ।

उनको आफ्नै शब्द रचना र संगीत रहेको यस गीतमा उनीसँगै अस्मिता अधिकारीले पनि स्वर दिएकी छिन् ।

पछिल्लो समय आधुनिक गीतको बजार बिस्तारै फराकिलो बन्दै गएको अवस्थामा आफूले यसपटक प्रेम सम्बन्धि गीत लिएर आएको बताएका छन् । गीतको रेकर्डिङको सबै काम सकियो, विश्व कोरोनासँग लडिरहेको अवस्थामा आफूले यो गीतलाई केहि समय बजारमा ल्याउन रोकेको बताए । उनले भने,–‘लकडाउन पछि भिडियो सार्वजनिक हुनेछ, अहिलेलाई प्रोमो मात्रै सार्वजनिक गरेका छौं । आशा छ सबैले मन पराइदिनु हुनेछ ।’

रियल टाइम क्रियशनले रेकर्डिङ गरेको यो गीतमा गायक तथा संगीतकार राजेन्द्र बजगाईको एरेन्ज, कृष्ण श्रेष्ठको मिक्सिङ रहेको छ भने गीत डेमाईन्ड डिजिटल मार्फत बजारमा आउने तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *