कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघ्यो

कोहलपुर, जेठ ९,

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ लाख ३४ हजार बढिले ज्यान गुमाएका छन् ।

दिनप्रति दिन यसको संक्रमणले मृत्युदर बढ्दै गइरहेको छ । शुक्रबार विहानको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढि मानिसहरुले यसको संक्रमणबाट ज्यान गुमाएका छन् । अमेरिकामा ९६ हजार ३ सय ५४ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहान प्रान्तबाट पहिलो पटक मानिसमा यस भाइरसको असर देखिएको थियो । छिमेकी देश चीनमा हालसम्म ४ हजार ६ सय ३४ र भारतमा ३ हजार ५ सय ८५ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ३ जनाले ज्यान गुमाएका छन् भने ४३५ जनामा यसको संक्रमण देखिएको छ । ४९ जना पूर्ण रुपमा निको भएका छन् बाँकी उपचारका क्रममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *