शुक्रबारदेखी बिहान १० बजे नै लकडाउन

कोहलपुर, बैशाख १८,

जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबारदेखी बाँकेमा लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न थप कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले शुक्रबारदेखी लकडाउनमा थप कडाई गर्ने भएको हो ।

सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो । बिहिबार एक सुचना जारी गर्दै बाँके प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न आह्वान गरेको छ । जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न सुचना जारी गरेको हो ।

प्रशासनले जारी गरेको सूचना तथा लकडाउन उलङ्घन गर्नेलाई कानुन बमोजिक कारवाही गरीने सुचनामा लेखिएको छ । जिल्ला प्रशासनले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ । भने सडमाका हिँडेका र गुडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुल दीप चन्दले बताए ।

एम्बुलेन्स, सुरक्षाकर्मी, राष्ट्रि गौरवका आयोजना तथा विकास निर्माणका सामाग्री बोक्ने पास लिएका सवारी साधन, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र चल्न पाउने डिएसपी चन्दको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *