भारतीय अभिनेता इरफान खानको निधन

कोहलपुर, बैशाख १७,

भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।

क्यान्सरसँग जुधिरहेका अभिनेता खानको बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो । खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । इरफान खान थिएटरबाट सिनेमाबाट आएका थिए । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम फिल्म ‘अंग्रेजी मिडियम’ मा अभिनय गरेका थिए ।

चारदिन अघि गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्रा्ष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *