नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५८ पुग्यो

कोहलपुर, बैशाख १७,

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५८ पुगेको छ ।

सरकारले परीक्षणको दायरा बढाएसँगै थप चारजनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको हो । नियमित जानकारी दिने क्रममा मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ५८ पुगेको हो ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् । बुधबारसम्म सङ्क्रमण हुने ५८ जना रहेका छन् भने १६ जना पूर्णरुपमा स्वस्थ भएर घर फकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *