फ्रान्समा लकडाउन खुकुलो, मास्क भने अनिवार्य

कोहलपुर, बैशाख १७,

फ्रान्समा लकडाउन खुकुलो बनाईंदै गर्दा मास्क लगाउन अनिवार्य बनाइने भएको छ ।

विद्यालयहरु विस्तारै खुल्दै जाने र ११ देखि १५ वर्षका विद्यार्थीहरुलाई मास्क अनिवार्य गरिने छ । पसल र बजार खुल्ने छन् भने वार र रेष्टुरण्टहरु भने बन्द रहने छन् । पसलहरुमा पनि मानिसहरु बीच एक मिटरको दूरी अनिवार्य गरिएको छ । सार्वजनिक स्थलहरुमा दश जनासम्म मानिस मात्रै जम्मा हुन पाउने छन् ।

प्रधानमन्त्री एडुवार्ड फिलिपले आगामी मे ११ बाट लकडाउन खुकुलो बनाईने भएपनि सार्वजनिक यातायात र विद्यालयहरुमा मास्क अनिवार्य गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *