टोकियो ओलम्पिक तोकिएको नयाँ मितिमा नभए रद्द गरिने

कोहलपुर, बैशाख १७,

कोरोना भाईरसको कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक तोकिएको नयाँ मितिमा नभए रद्द गरिने भएको छ ।

टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्ष योशिरो मोरीले सन् २०२१ मा समेत आयोजना गर्न नसकिए प्रतियोगिता रद्द हुने बताए । विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्मका लागि तोकिएको छ ।

यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *