लकडाउनका कारण बाँकेको दुग्ध बजारमा ओरालो लाग्दै

कोहलपुर, बैशाख ४,

बाँके जिल्ला लगायत कोहलपुर बजारमा सधैँ जस्तो चहलपहल छैन । बाँकेका ग्रामिण बस्तीदेखि बजारहरु तथा कोहलपुर बजारका सडक, गल्लीहरु यतिबेला सुनसान छन् । आत्यावश्यक काम बाहेक प्राय मानिसहरु बाहिर निस्किदैनन् । दिउँसो त झनै पुरै बजार मन्द हुन्छ । सरकारले घोषणा गरेको लकडाउनका कारण करिब ३ हप्तादेखी मानिसहरु घरभित्रै छन् ।

कोरोना भाईरसको रोकथाम, नियन्त्रण तथा फैलिन नदिन सरकारले लकडाउ घोषणा गरेको छ । बैशाख १५ गतेसम्म लकडाउन जारी रहने भएको छ । लकडाउनले बाँकेको दुग्ध बजार ओरालो लागेको छ । डिडिसीको नेपालगन्ज दुग्ध वितरण आयोजनाले बाँके, बर्दिया, दाङ र सुर्खेतमा दैनिक १२ हजार लिटर दूध संकलन गर्छ । हाल लकडाउनपछि भने ६ हजार लिटर मात्र संकलन गरिरहेको जनाएको छ ।

डिडिसिको ढोकामै पुगेको दुध पनि फर्काउनु पर्ने बाध्यता आएको डिडिसी नेपालगञ्जले जनाएको छ । किसानले उत्पादन गरेको दुध डिडिसीले खरिद गरेको छैन । डिडिसीले दुध खरिद गर्न नमानेपछि दुग्ध उत्पादक एक किसानले विरोध गरे । ती किसानले दुध पोखेर बिरोध जनाएका छन् । कोहलपुर नगरपालिका ८ मा प्रकृति गाईपालन केन्द्र संचालन गर्दै आएका विष्णु पोखरेलले डिडिसीको गेट अगाडी ४० लिटर दुध पोखे ।

पोखरेलले डिडिसीले दुध खरिद नगरेको भन्दै दुध पोखेर बिरोध जनाएका हुन । मंगलबार बेलुका दूध लिएर पिपिरीस्थीत डिडिसी संस्थान पुगेका पोखरेललाई त्यहाँका सुरक्षाकर्मीले गेटबाटै फर्काईदिएका थिए । उनले ल्याएको दुध नकिन्ने भन्दै गेट बन्द गरीदिएपछि पोखरेलले गेट बाहिरै दुध पोखेर बिरोध जनाएका थिए । डिडिसीको नेपालगन्ज दुग्ध वितरण आयोजनाले दूध खरिद नगरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *