कोरोना सङ्क्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन

कोहलपुर, बैशाख ३,

नेपाल टेलिकमले कोभिड–१९ अभाव व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा देशभरमा कोरोना सङ्क्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

पहिलो चरणमा सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमशः प्राथमिकता अनुसार अन्य प्रदेशमा समेत सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लामा रहेका कम्पनीका मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत जानकारी गराउने छ । एसएमएस प्राप्त भए पश्चात कम्पनीका मोबाइल प्रयोगकर्ताले यूएसएसडीमार्फत ८ज्ञद्धज्ञढ३ डायल गरी सोधिएका प्रश्नको जवाफ अङ्क १ वा २ थिचेर दिन सक्नेछन् ।

यसरी सर्वेक्षणबाट प्राप्त हुने तथ्याङ्कको विश्लेषणबाट सीसीएमसीले कोरोना सङ्क्रमणको अवस्थाको बारेमा महत्वपूर्ण जानकारी हासिल गर्नसक्ने र संक्रमण नियन्त्रण गर्न थप सहयोग पु¥याउन सक्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *