भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

कोहलपुर, बैशाख २,

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ ।

एकै दिन एक हजार बढी संक्रमित फेला परेपछि भारतमा संक्रमितको संख्या १० हजार तीन सय ६३ पुगेको हो । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ३ सय ३९ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *