कोरोना कोषको लागि ओ.सी.डि.सी बाँकेद्धारा २० हजार सहयोग

कोहलपुर, बैशाख २,

कोरोना कोषको लागि भन्दै ओ.सी.डि.सी बाँकेले २० हजार ५ सय रकमको चेक हस्तान्तरण गरेको छ ।

मंगलबार बैजनाथ गाउँपालिकाले स्थापना गरेको स्थानीय तह विपत व्यवस्थापन कोष खातामा रकम जम्मा गरेको हो । कोरोना भाइरस नियन्त्रका लागि हाल जारी लकडाउन बाट प्रभावित श्रमिकहरुलाई सहयोग गर्ने हेतुले संस्था तथा संस्थामा आवद्ध कर्मचारीबाट उक्त रकम उपलब्ध गराइएको थियो ।

हाल सम्म उक्त खातामा ८ लाख भन्दा बढी सहयोग जुटिएको बैजनाथ गाउँपालिले जनाएको छ । बैजनाथमा हाल पहिलो चरणको राहत वितरण सम्पन्न गरिसकेको छ । गाउँपालिकाले पहिलो चरणमा २ हजार ६ सय २८ घर परिवारलाई राहत खाद्यन सामाग्री उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *